विदेश जाँदै हुनुहुन्छ ? अध्यागमनले विमानस्थलबाटै फर्काउन सक्छ !

काठमाडौं, १५ वैशाख । भ्रमण या अन्य प्रयोजनमा विदेश जाँदै हुनुहुन्छ ? त्यसबेला आवश्यक कागजातको जोहो अनिवार्य गर्नुहोस । त्यसो हुन सकेन भने जुनसुकै अवस्थामा तपाईलाई अध्यागमनले विमानस्थलबाटै घर फर्काउन सक्छ । पछिल्लो समय भ्रमण भिसामा विदेश जाने र उतै भासिने समस्या नेपालीको अधिक छ ।

गैरकानूनि रुपमा यसरी जाने नेपालीका कारण काम विशेषले जाने अन्य नेपालीले पनि सास्ती भोग्नु परेको छ । विदेश पुगेर कुनै पनि नेपालीले दुख पाउनु नपरोस भनी नेपालकै विमानस्थलमा कडाई गरिएको अध्यागमनको भनाई । निम्न अवस्थामा जुनसुकै बेला तपाईलाई अध्यागमनले घर फर्काइदिन सक्छ :

  • राहदानी वा भिषा जाली, नक्कली भएमा
  • गन्तब्य मुलुकको भिषा सक्कल नभएमा वा अनलाई भेरिफाई नभएमा
  • पेश गरिएका अन्य टाभल डकुमेन्ट जाली वा झुटो पाइएमा
  • भ्रमणको उद्देश्य विपरित श्रम गर्ने उद्देश्यले विदेश जान खोजेको पाइएमा
  • जाने मुलुकको शहर वा ठाउँमा बासको बारेमा एकिन नभएमा
  • भिसा पाएको मुलुकमा नभई अन्य मुलुकमा प्रवेश गर्न चाहेको बुझिएमा
  • पर्यटक भिसाामा जाने तर, फर्कने टिकट नभएमा
  • मानव तस्करी वा बेचबिखनको जोखिममा पर्ने देखिएमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here