कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक, ५९ लाख ३८ हजार संक्रमण मुक्त

काठमाडौं, १८ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ । जसमध्ये ५९ लाख ३८ हजार संक्रमित उपचारपछि निको भएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ८ सय ४७ रहेको छ । तथ्याङक अनुसार विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । यसैगरी, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार ४ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ५ हजार ४ सय, भारतमा झण्डै २० हजार जनामा संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here