नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

काठमाडौं, १८ असार । नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार कम्पनीले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तीको लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले योग्यता पुगेका इच्छुक नागरिकलाई सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने छ । यी योग्यता भएका ३० वर्ष पुरा भई ५८ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनेले ब्यबसायिक कार्ययोजना अर्थात् बिजनेश प्लान समेत बुझाउनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here