काठमाडौं, १८ असार । बारामा धान रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा बारामा चारजना महिलाको मृत्यु भएको छ।
बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृत्यु हुनेमा फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिका १२ स्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतो रहेका छन् ।
यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्।
चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।