नेपालमा कोरोनाबाट डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

काठमाडौं, १८ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here