एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा

काठमाडौं, १९ असार । एभरेष्ट ग्यास ग्रुपले नयाँ सैपाल ग्यास उद्योग कैलालीमा स्थापना गरेको छ ।

ग्रुपले आफ्नो सातौं उद्योगको रुपमा सैपाल कैलालीको गोदावरीमा स्थापना गरेको हो । एभरेष्ट गु्रपसँग हाल सञ्चालनमा रहेका काठमाडौँ उपत्यकासमेत ६ वटा उद्योग छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् ।

यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्रि–वितरण गर्दै आएको र प्रत्येक महिना करिब १० लाख सिलिन्डर एल.पी.ग्यास उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको सैपाल ग्यासका प्रस्तावित अध्यक्ष शिबप्रसाद घिमिरेले बताए ।

उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको सुदूरपश्चिम क्षेत्र पहिचान गरी अत्याधुनिक यूरोपियन प्रविधियुक्त उद्योग स्थापना गरेको उनले बताएका छन् ।

उद्योगले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा ब्यापार तथा सेवा विस्तार गर्ने बताइएको छ ।

हाल नेपालमा खाना पकाउने एल.पी. ग्यासको खपत वार्षिक करिब चार लाख ३० हजार मेट्रिक टन रहँदै आएको छ । देशभर प्रत्येक महिना करिब २७ लाख सिलिन्डर खपत हुने गर्दछ अर्थात बार्षिक करिब ४० अर्बभन्दा धेरैको कारोबार हुने गर्दछ । एल.पी. ग्याँसको खपत वार्षिक २० प्रतिशतले बढीरहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here