गुल्मीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं, १९ असार । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल समेत बगाएको छ । बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालीका २ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् ।

ईस्मा गाउँपालिका १ अन्र्तगत निस्तीको ढाँडफाँटमा गएराती पाँच सय मिटर माथिवाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा उद्दारका लागि सेना र प्रहरी खटिएको छ । गएएरातीदेखि परेको बर्षाले मुसिकोट नगरपालिका–२ मा २ घर र आठ गोठ बगाएको छ । इश्मामा पनि २ घर पहिरोले पुरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here