लकडाउनको अवधिमा उडान मार्फत १६ हजार ६ सय ७२ जना नेपालीको उद्धार

काठमाडौं, १९ असार । लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (मार्च २२ देखि जुन ३० ) सम्मसम्म २ सय ६१ वटा अन्तर्राष्ट्रिय उडानहरु भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले उक्त उडानमार्फत १६ हजार ६७२ जना नेपालीलाई विभिन्न देशमा उद्धार गरी स्वदेश ल्याएको दाबी गरे ।

१२ हजार ४०८ विदेशी नागरिकहरु र विदेश जानुपर्ने नेपाली नागरिक विदेश गएका छन् । त्यस अवधिमा भएका कुल २ सय ६१ उडानमध्ये नेपाल वायुसेवाको ९८, हिमालयन एयरलाइन्सको ६२, बुद्धको ४, श्री एयरको ६ र विदेशी वायुसेवाको १७० उडान भएका छन् ।

त्यस्तै लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सडक मार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान भएको छ ।

निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here