मञ्जुश्री फाइनान्सको ऋणपत्र आउँदै, विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, १९ असार । मञ्जुश्री फाइनान्स लिमिटेडले पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग एक सम्झौता गरेको छ ।

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ ।

यस संस्थाको चैत्र २०७६ सम्म रु. ८ अर्ब १० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here