इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९ प्रतिशत

काठमाडौं, २० असार । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड १५ लाख नाघेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वैशाखसम्मको विवरण रिपोर्ट अनुसार २ करोड १५ लाख ७५ हजार ५७७ जना मानिसको पहुँचमा इन्टरनेट पुगेको हो ।

यीमध्ये ७५ प्रतिशतले मोबाइलमा आधारित इन्टरनेट चलाउँछन् भने २४ प्रतिशतले तारयुक्त र १ प्रतिशतले वायरलेस इन्टरनेट चलाउँछन् ।

मोबाइलमा इन्टरेनट चलाउनेहरू कुल १ करोड लाख ६१ लाख ७६ हजारमध्ये १ करोड लाख १५ लाख २३ हजार जनाले थ्रीजी चलाउँछन भने फोरजी चलाउनेका संख्या केबल ४५ लाख १६ हजारमात्रै छ ।

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको रिपोर्टमा जनाईएको छ ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायक कम्पनीले समेत ग्राहक बढाउदै गएका छन् ।

तर एउटै व्यक्तिले मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

उपत्यका क्षेत्रमा प्राय सबैको घरमा एफटिटिएच जडान गर्ने गरेका छन् । इन्टरनेट सेवाप्रदायकको चर्को प्रतिस्पर्धा टेलिकम कम्पनीको डेटाबाट आउने आम्दानीमा गिरावट हुँदै गएको छ ।

सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ । मोबाइल इन्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ ।

कुल इन्टरनेट बजारको पनि नेपाल टेलिकमले ४९ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ३०, इन्टरनेट सेवा प्रदायकहरूले २० र स्मार्ट टेलिकमले १ प्रतिशत हिस्सा ओगटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here