दोधाराका विपन्न परिवारलाई मलेसियाबाट सहयोग

पप्पु गुरुङ्ग, दोधारा, २० असार । महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गका परिवारलाई रोजगारीको सिलसिलामा रहेका नेपालीहरुले सहयोग पठाएका छन् ।

एक कार्यक्रमकोबीच नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले मलेसियाबाट नेपालीहरुले पठाएको रु. ५१ हजार ६ सय ४२ रुपिँया बराबरको सामग्री हस्तान्तण गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले माहाकाली नगरपालिका वडा नं.. ६ देखि वडा नं. १० का अतिबिपन्न तथा आपांग भएका लकडाउनले उनिहरुको चुल्हो बाल्न समस्यामा रहेका ४२ घरपरिवारलाई राहत सामग्री बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जनाएका छन् ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका माहाकाली नगरपालिकाका युवाहरु रेशम बोग्टी, भिम बहादुर सुनार तथा दिल बहादुर बोग्टीको पहलमा ३५ जना भन्दा बढी युवाहरुले कारोना भाईरसको कारण लकडाउनमा घर चलाउन समस्यामा रहदै आएका माहाकाली नगरपालिकाका अतिबिपन्न तथा आपांग ४२ घरपरिवारलाई खाद्यान्न बितरण गरिएको हो ।

प्रत्येक घरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, २ प्याकेट चाउचाउ, १ पिस साबुन र १ पिस सर्जिकल मास्क रहेको छ् । राहतको अत्यावश्यक परेका गरिब तथा विपन्न वर्गका परिवारको नाम संकलन गरि उनले राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सचिव मोहन सुनारले बताएका छन् ।

माहाकाली नगरपालिका वडा नं। ६ देखि १० सम्माका विपन्न तथा गरिब परिवारहरुको नाम संकलन गरेर अत्यावश्यकका खाद्यान्न सामग्री सहितका ४२ जना घर परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सचिव सुनारले जनाएका छन् ।

लकडाउनका कारण गरिब तथा विपन्न घरपरिवारको चुल्हा बाल्न समस्या परेको अवस्थामा रोजगारीको सिलसिलामा मलेशियामा रहेका माहाकाली नगरपालिकाका युवाहरु रेशम बोग्टी, भिम बहादुर सुनार तथा दिल बहादुर बोग्टीको पहलमा ३५ जना भन्दा बढी युवाहरुले राहत सामग्री प्रदान गरेपछि स्थानियहरु खुशी भएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले मलेशियाबाट नेपाली दाजुभाईहरुले पठाएको रकमले बिपन्न घरपरिवारलाई आवश्यक सामग्री बितरण सहित २ वटा क्वारेन्टाईनमा रहेकाहरुलाई खाजा नास्ताको लागी नगद रकम हस्तान्तरण गरेको बताए ।

लामो समयदेखिको बन्दाबन्दीले गरिब दुखीलाई निकै समस्याहरु भोग्नु परेकोमा मलेशियामा रहेका नेपाली दाजु भाईहरुले सहयोग गरेको बताउदै रोजगारीको सिलसिलामा मलेशियामा रहेका माहाकाली नगरपालिकाका युवाहरु रेशम बोग्टी, भिम बहादुर सुनार तथा दिल बहादुर बोग्टीको पहलमा ३५ जना भन्दा बढी युवाहरुलाई बिशेष धन्यबाद प्रदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here