नागरिक लगानीकोषको २२ प्रतिशत बोनस सेयर पारित

काठमाडौं २०, असार । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत वोनस सेयर दिने भएको छ । कोषको २५ औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि पारित भएको छ ।

आर्थिक वर्ष ०७५÷७६ को करपछिको कोषको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ छ । उक्त रकमबाट ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आव. ०७५÷७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here