गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा खर्च हुने

काठमाडौं, २१ असार । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

एनआरएनएले हिजो शनिवार एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको बताएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरि चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो ।

सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ ।

ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको संघले बताएको छ ।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।
एनआरएनले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो ।

‘संघका लागि यो एक कोशे ढुंगा सावित हुनेछ, संधैं व्यक्तिको खल्ती ताकेर बस्नु पर्दैन, संस्था संचालन गर्न अन्य स्रोतसमेत परिचालन गर्न सकिन्छ भन्ने यो एउटा सन्देश हो,’ संघका महासचिव डा. हेमराज शर्माले बताए ।

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रस्ताव तयार पारेका थिए ।

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here