साधना लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २१ असार । साधना लघुवित्तले साधारण सेयर (आईपीओ) को आवेदन आइतबारदेखि खुला गरेको छ ।

कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यको सेयर बिक्रीमा ल्याएको हो।

जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपाल ग्रेड ४ रेटिङ दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here