थप २ सय ९३ जनामा कोरोना संक्रमण, १ सय ३२ जना संक्रमण मुक्त

काठमाडौं, २१ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि हुन बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here