काठमाडौंका २७ सहित उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here