लक्ष्मी हुन्डाईको नयाँ योजना ‘क्लिक टु बुक’

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई) ले ‘क्लिक टु बुक’ योजना ल्याएको जनाएको छ ।

यस सुविधा मार्फत ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने नयाँ सुविधा ल्याएको हो ।

लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टु बुक सेवाको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सकिने छ ।

ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरि आफूले चाहेको सेवा लिन सकिने छ ।

त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टल मार्फत गर्न सक्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here