अजोड इन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव, ९० हजार बीमालेख जारी

काठमाडौं, २१ असार । अजोड ईन्स्योरेन्स लिमिटेडले आइतबार आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ ।

संचालनमा आएको छोटो अवधिमा कम्पनीले १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरेको छ ।

कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको बताएको छ ।

कम्पनीले डिजिटल इन्स्योरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरु सँग सम्झौता गरी कार्य आरम्भ गरेको पनि जानकारी दिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आवको अन्त्यसम्म आइपुग्दा ८९ हजार ७ सय ५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको छ ।

जटिल परिस्थितिका कारण कम्पनीले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here