गोरखाका एक सहित गण्डकी प्रदेशमा पाँचजना कोरोना संक्रमित थपिए

काठमाडौं, २१ आसर । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कास्कीका दुई, लमजुङ, गोरखा र बागलुङमा एक/एक जनामा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका दुई, लमजुङको राइनस गाउँपालिकाका एक, गोरखाको गोरखा नगरपालिकाका एक र बागलुङको ढोरपाटन नगरपालिकाका एक जना छन्।

पछिल्लो तथ्यांक अनुसार पाँच जनामा कोरोना पोजेटिभ देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here