५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानो भन्दा फरक के ?

काठमडौं, २२ असार । नेपाल राष्ट्र बैंकले सोमबार देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको छ ।

नक्कली नोटको प्रयोगबाट सर्वसाधारण जोगिउन् भन्ने उद्देश्यले बैंकले नयाँ नोटको विशेषताहरु सार्वजनिक गरेको छ । न

नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

नोटको अग्रभागमा

१.नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।

२.नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको ।

३.नोटमो गभर्नरनको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको दस्तखत रहेको ।

४.नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको ।

नोटको पृष्ठ भागमा

१.नोटको मध्यभागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।

२.नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको ।

३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजी RUPEES FIFTY लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 A.D.लेखिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here