अष्ट्रेलिया–नेपालवीच व्यावसायिक उडानको पहल गर्न राजदूत बडको प्रतिवद्धता

काठमाडौं, २२ असार । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले नेपालसँगको व्यावसायिक उडान शुरु गर्न आफ्नो सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग सोमबार भएको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रुप लिईरहेको कोभिड –१९ ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरुको अनुभव आदान –प्रदान पनि भएको थियो । मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै, राजदूत वडले अष्ट्रेलियाली नागरिकहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रसंसा गरेको मन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here