मास्क नलगाई हिंड्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २२ असार । गृह मन्त्रालयले मास्क नलगाई हिंड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ।

कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

सरकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी फेरेपछि व्यापार व्यवसाय तथा सवारी साधनले गर्दा मानिसको चाप बढेको छ।

मानिसको चापलाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकिएको थियो । दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्नुपर्ने सर्तहरू वेवास्था हुन थालेपछि सरकारले उक्त कदम चालेको हो ।

अब मास्क नलगाई हिड्नेलाई पक्राउ गरी संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाभित्र संक्रमितको सङख्या फैलिदै गएको छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here