बिहीबार रातिदेखि लगातार वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ असार । मौसम पूर्वानुमान महाशाखाले असार २५ गते अर्थात् बिहीबार रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

महाशाखाले सोमबार राति ८ बजे ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेन भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने जानकारी दिएको हो। जसका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुने भएकाले बाढीपहिरो, डुबानजस्ता विपद् आइपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘बुलेटिनमा भनिएको छ, ‘त्यसैले तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here