क्यारेबियन प्रिमियर लिग: सन्दीप जमैका तलावाजमा आबद्ध

काठमाडौं, २२ असार । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्।

सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो।

सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए।

सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन्।

यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा ७ विकेट हात पारेका थिए ।

त्यसैगरी २०१९ को सिजनमा बार्बडोस ट्रिडेन्ट्स बाट खेलेका सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय टोलीको खेल त्यही समयमा परेकाले उनी उक्त सिजनलाई बीचमै छाडी राष्ट्रिय टिमसँग समावेश भएका थिए । त्यस सिजन उनको टिम बार्बडोसले उपाधि नै जितेको थियो ।

कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here