६६ लाख ३७ हजारले जिते कोरोना, ५ लाख ४० हजारको मृत्यु

काठमाडौं, २३ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ३७ हजार ९५५ जना पुगेको छ । १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमित मध्ये ६६ लाख ३७ हजारभन्दा बढी मानिस निको भएका छन् । ५ लाख ४० हजार १ सय १६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ३० लाख ३९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख १० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार ११७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५१७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here