राष्ट्रपति भन्छिन् – बीआरआईले नेपालमा संभावनाको ढोका खोल्यो

फाइल तस्वीर

काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाले नेपालमा संभावनाको ढोका खोलेको भन्दै चिनियाँ लगानीकर्तालाई अवसरको फाइदा उठाउन आग्रह गरेकी छन् ।

‘बीआरआईले व्यवसाय तथा लगानीका अवसरहरु सिर्जना गरेको छ । त्यसैले म चिनियाँ लगानीकर्तालाई नेपालका लगानी गर्न अनुरोध गर्दछु,’ आइतबार बेइजिङमा आयोजित नेपाल चीन आर्थिक तथा ब्यापार मञ्चलाई सम्बोधन गर्दै उनले भनिन् ।

नेपालमा अहिले राजनीतिक स्थिरता भएको र त्यसले नीतिगत स्थिरता र लगानीको सुरक्षाको वातावरण सिर्जना गरेको उनले बताइन् ।

सरकारले छिट्टै नै एकद्वार नीति लागु गर्दैछ त्यसले लगानीकर्तालाई थप सहज हुने छ, उनले भनिन् ।

हरेर क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन नेपाल तयार रहेको र त्यस्तो लगानीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उनले लगानी सहजीकरणमा कुनै कसर नछाडने उनले बताएकी छन् ।

नेपालले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

‘हामी धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहन्छौं । निकै टाढाटाढाका गन्तव्यमा चिनियाँहरु गइरहेका छन् भने नजिकैको नेपाल झन सहज गन्तव्य बन्न सक्छ । नेपालमा उनीहरुले आफ्नो घर सम्झिनु पर्ने अवस्था आउने छैन,’ उनले भनिन् ।

नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पनि उनले चिनियाँ सहयोगको अपेक्षा राखेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here