विदेशमा रहेका २१ हजार ४ सय नेपालीको उद्धार, कुन देशबाट कति आए ?

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, २४ असार । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २३ गतेसम्मको अवधिमा २१ हजार ४ सय १२ जना स्वदेश फर्किएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै कुवेतबाट स्वदेश फर्किएका छन् । कुवेतबाट ४७ सय ७५ जनाको उद्धार भएको हो । जसमा प्रदेश २ का १२ सय ३५ जना रहेका छन् । मलेसियाबाट २१ सय ११ जना, युएई ३९ सय ६२ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जापानबाट ४ सय ९२ जना, अफगानिस्तानबाट १८ जना, हङकङबाट ८९ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ४८३ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट ४ सय ४१ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट २ हजार २ सय ५६ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट ३ हजार २ सय १४ जना जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्।

फोटो:सीसीएमसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here