लुम्बिनी जनरल इन्स्योरेन्सले साढे ८ करोड बराबरको बोनस सेयर दिने

काठमाडौं, २४ असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट रु. ८ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न कम्पनीको १५औं वार्षिक साधारण सभाले बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाखको ८.१२५ प्रतिशतले बराबरको सो बोनस सेयर दिने घोषणा गरेको हो ।

सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा आयोजना गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।

कम्पनीका अध्यक्ष मनोहर दास मूलको नेतृत्वमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित गरेको छ ।

आ.ब. २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बीमा शुल्क ८ प्रतिशतले बृद्धि भई रु. १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here