विश्वभर ९ हजार ३ सय होटल चलाइरहेको विन्डमले ठमेलमा रमादा इन्कोर ल्याउने

Hawthorn Suites Dwarka

काठमाडौं, २४ असार । अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।

रमादा इन्कोर बाई विन्डम काठमाडौं आगामी अगष्ट महिनामा सञ्चालनमा आउने बताइएको छ ।

नेपालका पर्यटकीय संभावना उच्च रहेकाले कम्पनीले नेपालमा व्यवसाय विस्तार गरेको बताउँदै कम्पनीले भुटानको थिम्पु र भारतको मसूरीमा पनि नयाँ होटल खोल्ने जानकारी दिएको छ ।

रमादा इन्कोरमा ९० कोठा तथा सुइट रहने सो होटलमा अतिथिका लागि आवश्यक सम्पूर्ण सुविधा रहने र त्यसको छतबाट शहरको दृष्य हेर्न सकिने कम्पनीले बताएको छ ।

विन्डम समूहले ९० देशमा ९ हजार ३ सय जति फ्राञ्चाइजीमा सञ्चालन गरेको छ ।

समूहका युरेशिया क्षेत्र निर्देशक निखिल शर्माले विगतका केही वर्षमा नेपाल र भुटानले पर्यटनका क्षेत्रमा उल्लेख्य विकास गरेको र आकर्षक गन्तव्य बनेको बताएका छन् ।

यस क्षेत्रको उदीयमान पर्यटकीय बजारलाई हेरेर कम्पनीले व्यवसाय विस्तार गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here