सिन्धुपाल्चोकको जम्बु बजारमा आएको बाढीमा परेर दुईको मृत्यु, १४ बेपत्ता

काठमाडौं, २५ असार । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।

स्थानीयका अनुसार बाढीले बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १४ जना बेपत्ता भएका छन्।

राति १ बजे यल्मो खोलामा आएको बाढीले बगाएको जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन्।वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन।

निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन्। सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन्।