नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

काठमाडौं,२५ असार । नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ।

बिहीबार साँझदेखि विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।

दूरदर्शन भने रोकिएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here