स्वावलम्बन लघुवित्तका शाखालाई घरभाडा छुट

काठमाडौं, २६ असार । दाङ्ग, शान्तिनगर गाउँपालिकाको धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन ।

कोरोनाभाइरसको महामारीमा विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पु¥याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए ।

घोराहीस्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुसलियत दिएका छन । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले रु.५ हजार छुट दिएका छन ।

कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा रु. २५ लाख, विभिन्न जिल्लामा रहेका १ सय ४० वटा शाखा कार्यालयमार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा रु.१० लाख नगद तथा शाखा कार्यालय मार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here