नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौं, २६ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित भएको छ ।

नेकपाका प्रवक्ता देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको हो ।

बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । अर्को बैठक साउन २ गते बस्नेछ।

असारको १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here