क्याटवाक गर्दागर्दै ढले पुरुष मोडल, -याम्पमै मृत्यृ

काठमाडौं, १५ बैशाख । एक २६ वर्षीय पुरुष मोडलको साओ पाउलो फेशन सप्ताहको क्याटवाकमै मृत्यृ भएको छ ।

टेल्स सोरेस नाम गरेका ति मोडल र्याम्पमा क्याटवाक गर्दागर्दै ढलेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो, तर उनी बाँचेनन् ।

ओक्सा ब्राण्डको प्रदर्शनीका लागि उनी स्टेजमा उत्रिएका थिए ।

दर्शकहरुले उनी ढल्दा त्यसलाई केहीबेर प्रदर्शनीकै एक हिस्सा मानेका थिए । टोरेस ढलेपछि अन्य मोडलहरु त्रसित देखिएको अन्तरराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

आयोजकहरुले उनको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
क्याटवाकमा जानुअघि आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै उनले फेशन कार्यक्रमबारे जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here