बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि खुला राख्न निर्देशन दिएको छ।

बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here