सुनको मूल्य घट्यो

काठमाडौं, २६ असार । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार तोलामा ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा शुक्रबार तोलामा २ सयले कमि आएको हो ।

यस्तै, तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९ सय ८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी सोही मुल्यमै कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here