पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, २६ असार । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा बजारमा पाइनेछ ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here