गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही

काठमाडौं, २७ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड पूरा नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ ।

विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएपछि नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिलाई कारबाही गरेको हो । विभागले कारबाही स्वरुप दुवै कम्पनीको इजाजतपत्र स्थगन गरेको छ ।

दुवै उद्योगले उत्पादन गरेको वस्तु प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको गुणस्तर मापदण्ड नपुगेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको हो ।

यस्तै गोयन्का पीएससी सिमेन्टको ७ दिनको कम्प्रियसिभ स्ट्रेन्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए पाइएकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण-चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार इजाजतपत्र स्थगन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here