संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता, तीनको उद्धार

काठमाडौं, २८ असार । अविरल वर्षासँगै संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्धार गरिएको छ।

गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ११ जना बेपत्ता भएका हुन् ।