काठमाडौं, २८ असार । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा ल्याएको डेढ वर्ष पूरा भएपनि लगानीकर्ताको आकर्षण भने बढेको छैन् ।
अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि ९८ प्रतिशत कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका छन् ।
नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार कूल १४ लाख लगानीकर्ता मध्ये २ प्रतिशत अर्थात् ३१ हजार ९ सय ८८ जनाले मात्र अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।
अझैपनि ९८ प्रतिशत लगानीकर्ताले ब्रोकरबाटै कारोबार गर्ने गरेको तथ्यांकले देखाएको छ ।
घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि सहज रुपमा कारोवार गर्न सकिने पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा पछिल्ला ७ महिनाको अवधिमा भने अनलाइन प्रयोगकर्ता करिब दोब्बरले बढेको छन् ।
गत मंसिरसम्म करिब १६ हजार रहेको अनलाइन प्रयोगकर्ताको संख्या असारसम्म आइपुग्दा करिब ३२ हजार पुगेको छ ।
नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।
अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको छ ।
बेला बेलामा नेप्सेको अनलाईनमा समस्या आउनु, अपेक्षा अनुसार बजारले गति लिन नसक्नु जस्ता कारणहरु पनि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको बाधकको रुपमा देखिएको छ ।
सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये एउटामात्र ब्रोकरमा अनलाइन प्रयोगकर्ताको सङ्ख्या २ हजारभन्दा बढी रहेको छ । यस्तै १० वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको संख्या १ हजारभन्दा बढी रहेका छन् भने १२ वटा ब्रोकरमा १ हजारभन्दा कम रहेका छन् । २७ वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको संख्या ५०० भन्दा कम रहेका छन् ।
नेप्सेका अनुसार सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता ब्रोकर नं. ३४ भिजन सेक्यूरिटीजमा रहेका छन्। सो ब्रोकरबाट कारोबार गर्ने कूल १८ हजार ७०१ लगानीकर्तामध्ये २ हजार १६८ लगानीकर्ताहरुले अनलाईन प्रणाली प्रयोग गरिरहेका छन्।
ब्रोकर नं. १८ सगरमाथा सेक्यूरिटीजमा अनलाइन प्रणाली प्रयोग गर्ने लगानीकर्ता सबैभन्दा कम छन्। सो ब्रोकरबाट कारोबार गर्ने करिब ४३ हजार लगानीकर्ताहरुमध्ये ११७ जनाले मात्र अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने गरेका छन् । नेप्सेले २०७५ कात्तिक २० गतेबाट अनलाइन प्रणालीबाट कारोबार शुरु गरेको थियो ।
लगानीकर्ताको रोजाईमा कुन ब्रोकर