यूएईमा भिसा नवीकरण खुला

काठमाडौं, २८ असार । संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ ।

कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले जुलाई १२ देखि लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण खुला गरेको हो ।

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरुले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने यूएई सरकारले जानकारी दिएको छ ।

यो निर्णयबाट यूएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौं कामदार लाभान्वित हुने भएका छन् ।

भिसा सकिएका केही विदेशी कामदार यसअघि नै स्वदेश फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here