काठमाडौं, २८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८हजार ५ सय ८९ रहेका छन्।
कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।