असार ३१ देखि साउन ६ गतेसम्म खाडी मुलुकबाट ४० उद्धार उडान हुने

काठमाडौं, २९ असार । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असार ३१ देखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान रोकिएपछि खाडी मुलुकबाट हुने ४० बढी उडानको तालिका सार्वजनिक गरेको हो ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो बैठकले विदेशबाट नेपालीको उद्धारका लागि उडान एकसाताका लागि थप्ने निर्णय गरिसकेको छ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २७ गतेसम्मको अवधिमा २६ हजार ३ सय ९६ जना स्वदेश फर्किएका छन् ।
तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ।

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो।

सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here