‘सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित मौद्रिक नीति तयार हुन्छ’

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तयार गरिरहेको बताएका छन्।

आगामी मौद्रिक नीतिको तयारी बारे अर्थसमितिमा जानकारी दिँदै अधिकारीले उक्त कुरा जनाकारी गराएका हुन् ।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष ०७७/ ७८ मा ७ प्रतिशत आर्थिक वृद्धिको आधारबारे गभर्नर अधिकारीलाई प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदे अधिकारीले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्नेछ।

त्यस्तै आन्तरिक उत्पादन तथा रोजगारी प्रवर्द्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्न जोड दिइने उनले बताए।

त्यस्तै, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समष्टिगत विवेकशील नियमनका उपाय अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने आगामी मौद्रिक नीति आउने छ उनले भने ।

पुनर्कर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने समेत जनाकारी दिए । अहिले राष्ट्र बैंकमा ६० अर्बको पुनर्कर्जा कोष छ। यसलाई सरकारले १०० अर्बको पुर्‍याउने घोषणा गरेको छ।

यसबाहेक राष्ट्र बैंकले सञ्चालन गर्ने गरी अर्को ५० अर्बको कोष पनि सरकारले स्थापना गर्ने बजेटमा घोषणा गरेको छ।

‘पुनर्कर्जा प्रदान गर्न राष्ट्र बैंकले कार्यविधि तयार पारिसकेको छ,’पुनर्कर्जाले उद्योग तथा रोजगारीको क्षेत्रमा ठूलो सहयोग पुर्‍याउने उनले भने ।