एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

काठमाडौं, १६ वैशाख । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘कल आयो पैसा पायो’ ल्याएको छ ।

वैशाख १६ गतेदेखि देखि लागु हुने यो अफर ३ महिनासम्म सञ्चालन हुनेछ । अघिल्लो वर्ष ग्राहकहरुले धेरै मनपराएपछि यस वर्ष पनि यो योजना ल्याएको एनसेलले बताएको छ ।

यस योजना अन्र्तगत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तराष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा धेरै समय कुरा गर्दा प्रत्येक मिनेट बराबर २ रुपैयाँ बोनस पाउने र उक्त बोनस ७ दिनसम्म मान्य हुने कुरा कम्पनीले जानकारी दिएको छ ।

योजनामा ग्राहकले पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेट २ रुपैयाँको दरले बढीमा १८ रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।

एनसेलका पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले ‘ए’ टाईप गरि १७१२६ मा म्यासेज पठाई वा १७१२६ मा कल गरी निःशुल्क यो सेवा सुचारु गर्न सकिने पनि कम्पनीले बताएको छ ।

अन्तराष्ट्रिय कलमा कुरा गरी यो मापदण्ड पुरा गर्ने ग्राहकहरुले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । योजना अवधिभर प्रत्येक साता १० जना ग्राहकहरुले १/१ थान स्मार्टफोन पनि पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here