यातायात व्यवसायी गाडी चलाउन तयार,मोडालिटी बुधबार तय हुने

फाइलफोटो

काठमाडौं, ३० असार । यातायात व्यवसायी सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् ।

सरकारले व्यवसायीहरुले उठाएका केही मागहरु सम्बोधन गर्ने आश्वासनदिएपछि गाडी बाहिर ननिकाल्ने तयरीमा पुगेको स्रोतले जनाएको छ ।

सोमबार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष र मजदूर संगठन संम्मिलित कार्यदलले यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुसँग छलफल गरेको थियो ।

सो छलफलले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलाउने मोडालिटीको सम्बन्धमा छलफल गरेको थियो ।

उक्त छलफल सकारात्मक भएको र यसले सवारी सञ्चालनको मार्ग प्रशस्त गरेको व्यवसायी र मजदूरहरुको निष्कर्ष छ । तर, सवारी सञ्चालनको थप मोडालिटीबारे भने बुधबार तय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here