काठमाडौं, ३० असार । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा फेरि पूर्ण लकडाउन घोषणा गरिएको छ ।
बिहारका उपमुख्यमन्त्री सुशीलकुमार मोदीले बिहारमा आगामी १६ देखि ३१ जुलाईसम्म पूर्ण लकडाउन घोषणा गरेका भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
बिहारमा कोरोना भाइरस संक्रमितहरुको संख्या १८ हजार ८५२ पुगेको छ भने १६० जनाको मृत्यु भएको छ।