‘म काम गर्ने मान्छे छान्न प्रधानको टिममा समावेश भएको हुँ’

काठमाडौं, ३१ असार । उद्योग वाणिज्य महासंघको चुनावी माहोल तात्न थालेको छ। आगामी साउन २६/ २७ गते हुन साधारणसभाले नयाँ कार्यसमितिको लागि दुवैपक्ष एक अर्कालाई आरोप-प्रत्याआरोप लगाउँदै प्रचार प्रसारमा जुटेका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदार चन्द्रप्रसाद ढकाल पक्षले आफ्नो प्यानल सार्वजनिक गरिसकेको छ । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

प्यानल सार्वजनिक कार्यक्रममा ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघ अध्यक्ष बनाउन आफूले धेरै लविङ गरेको बताएका थिए ।

गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको प्रावधानमाथि नै प्रश्न उठेको भन्दै उनले गोल्छालाई जसरी पनि अध्यक्ष बनाउनु पर्छ भनेर आफूले लविङ गरेको बताएका थिए ।

त्यस लगत्तै अर्का आकांक्षी किशोर प्रधानको टिमले पनि पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीको गुनासोहरुको समेत सुनवाई गरेको थियो।

प्रधानको टिममा अध्यक्ष निश्चित भैसकेका शेखर गोल्छाले आफ्नो तिक्तता पोखेका थिए । उनले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको दिनदेखि विधान संशोधन गरेर अध्यक्ष हुन नदिने रणनीतिहरु अपनाइएको तथा अहिले पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने कुरा भैरहेको भन्दै त्यो पीडा किन दिइन्छ भन्दै गुनासो गरे।

उनले ‘म राजनीति गर्न होइन काम गर्न आएको हुँ। त्यसकारणले गर्दा आफ्नो टिममा काम गर्ने मान्छे छान्नको लागि प्रधानको टिममा समावेश भएको हुँ भन्दै अभिव्यक्ति दिएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी चन्द्र ढकालले अध्यक्ष सबैको सझा हुनुपर्ने बताएका थिए।

प्रधानको टिममा अध्यक्ष निश्चित भैसकेका शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, विनोदबहादुर कुँवर, कुशकुमार जोशीसमेत उपस्थित थिए।

ढकालको प्रश्न-‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो’ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here