सीजी सिमेन्टका लागि ९ अर्ब ६ करोड ३० लाख लगानी जुट्यो

काठमाडौं, ३१ असार । सीजी सिमेन्टका लागि लगानी जुटेको छ । सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पाका क्लिङ्कर क्षमता विस्तार गर्न २ अर्ब ३७ करोड ८० लाख गरी ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच पूरक सहवित्तीयकरण सम्झौता भएको हो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंककातर्फबाट नेपाल इन्फ्रास्ट्रक्च बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीकातर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंककातर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका हुा् ।

जसमा सानिमा बैंकको अगुवाइ नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपालक्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकको सहभागिता रहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here