सामसङको ‘ग्यालेक्सी ए२१एस’ स्मार्ट फोन नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । सामसङले २०२० को लागि सबैभन्दा सुलभ दरमा ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ ।

अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि डिजाइन गरिएको, ग्यालेक्सी ए२१एस मा परिष्कृत सुविधाहरू विद्यमान रहेका छन् । यसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको जसले मानव आँखाले जस्तो देखिन्छ ।

त्यस्तै फोटो खिच्ने सामथ्र्य राख्दछ । यसमा भएको इन्फिनिटी ओ डिस्प्लेले आकर्षक दृश्यावलोकनको अनुभव प्रदान गर्दछ । यसमा रहेको लङ–लास्टिङ्ग व्याट्रिले व्यस्त जीवनमा थप सहजता प्रदान गर्दछ । ग्यालेक्सी ए२१एसमा सामसङ ब्राण्डको उत्कृष्ट विश्वास एवं आकर्षक मूल्यका साथ उपलब्ध रहेको छ ।

“सामसङले आफ्नो सम्पूर्ण ध्यान आफ्ना सम्पूर्ण ग्राहकहरुलाई उपयोगी आविष्कारहरू प्रस्तुत गर्नुमा नै केन्द्रित राख्दै आएको छ . यसै सिलसिलामा ग्यालेक्सी ए२१एसको साथ हामी हाम्रो ए सीरिज लाइनबाट ’वेष्ट अफ एभ्रीथिङ ’ को रुपमा ल्याएका छौँ

–४८ मेगा पिक्सल क्वाड क्यामेरा, मनमोहक एचडी इन्फिनिटी–ओ डिस्प्ले, लामो अवधि टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ ।

साथै ग्यालेक्सी ए२१एसमा कम्पनीको डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ । जसले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ । सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए ।

आश्चर्यजनक ४८ मेगा पिक्सलको क्वाड क्यामेरा

यस फोनमा भएको ४८ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअपले आजका युवा ग्राहकहरूलाई आफ्नो मोबाइलको क्यामेरामा अन–द–गोको अवस्थामा पनि फोटोहरु क्याप्चर गर्न सक्षम तुल्याउदछ ।

ग्यालेक्सी ए२१एसमा ४८ एमपीको मुख्य क्यामेरा, तथा अल्ट्रा वाइड लेन्सको साथ ड एमपीको क्यामराले हाम्रो मानव आँखाले जस्तो देख्छ त्यस्तै तस्वीरहरू लिन मद्दत गर्दछ । म्याक्रो लेन्सले ग्राहकहरूलाई क्लोजप शट लिन मद्दत गर्दछ ।

यसको डेफ्थ क्यामेरा, जसले लाइभ फोकस मोडमा आश्चर्यजनक फोटोहरू क्याप्चर गर्न सक्दछ । ग्यालेक्सी ए२१एसमा अन्य सुविधाहरू जस्तैः डह जुम, डेडिकेटेड फुट मोड, र अल्ट्रा वाइड पानोरमा जस्ता सुविधाहरु विद्यमान रहेका छन् ।

आफूले खिचेका व्यक्तिगत फोटाहरुलाई अझै जीवन्त एवं व्यक्तिगत बनाउन विभिन्न प्रकारका स्ट्याम्पहरू, फिल्टरहरू र स्टिकरहरू प्रयोग गर्न पनि सकिने छ ।

प्रभावशाली दृश्यावलोकनको लागि ६.५ इन्चको इन्फिनिटि–ओ डिस्प्ले ग्यालेक्सी ए२१एसमा आजका युवाहरुले रमाइलो दृश्यावलोकनको मज्जा लिन सक्नेछन् । आजका युवाहरुको चाहनालाई सहजै परिपूर्ति गर्ने खालका सामग्रीहरु यसमा निहीत छन् ।

ग्यालेक्सी ए२१एसमा २ को रेसियोको डिस्प्ले तथा डल्बी एट्मस अडियोको साथ उपलब्ध रहेको छ, जसले गर्दा सिनेम्याटिक दृश्यहरूको जीवन्त अनुभव प्राप्त गर्न सकिन्छ ।

लामो समयसम्म टिक्ने ५००० एमएएचको ब्याट्री

ग्यालेक्सी ए२१एसमा लामो समयसम्म चल्ले ५००० एमएएचको ब्याट्री राखिएको छ । जसले प्रयोगकर्तालाई २१ घण्टाको भिडियो हेर्ने सुविधा प्रदान गर्दछ ।

साथै दिनभर आफूलाई मनपरेको कन्टेन्ट वा गेम खेल्ने स्वतन्त्रता प्रदान गर्दछ । यसको १५ वाटको फास्ट चार्जिङ्ग सुविधाले चाडैं नै मोबाइल चार्ज हुने हुँदा धेरै समय खेल खेल्न एवं मनोरञ्जन लिन सकिन्छ ।

सामसङ नक्सः सुरक्षा प्लेटफर्म

ग्यालेक्सी ए२१एस नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ जसले गर्दा गोप्य फाइलहरु, क्रेडिटकार्डका विवरणह? तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्य सम्बन्धी डाटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ । अहिले साइवर हमलाको खतरा रहेको अवस्थामा सामससङको नक्स उपयोगी सिद्ध भएको छ । साइबर हमला गरी, प्रयोग कर्ताहरुको

डाटाहरुलाई नष्ट गर्ने जालसाजीको घटना लगातार बढिरहेका छन् । सामसङ नक्सले लगातार सुरक्षा जाँच गर्दछ र मोबाइल फोनको प्रामाणिकता जाँच गर्दछ ।

प्लेटफर्म स्तरदेखि अपरेटिङ सिस्टम प्रणालीको माध्यमबाट चलिरहेको र कुनै पनि नकारात्मक परिवर्तन पत्ता लगाई ग्राहकको डाटा सधैं सुरक्षित छ भनेर सुनिश्चित गर्दछ ।

यसले डाटालाई जहिले पनि सुरक्षित र कुनै पनि सम्भावित साइबर आक्रमणबाट बचाउन मद्दत राख्दछ ।

निरन्तर गेमिंगको मज्जाः नयाँ एक्सीनोस ८५० को प्लेटफर्म

ग्यालेक्सी ए२१एसमा, नयाँ एक्सीनोस ८५० चिपसेट स्थापना गरिएको छ जुन एआइ पावर्ड गेम बुस्टर २. को साथ उपलब्ध रहेको छ । यसले फ्रेम दर एवं स्टेविलिटिमा सुधार गर्दछ, र म्याक्सिमम सेटिंग्समा पनि गेम खेल्दा ब्याट्री भने कम खपत गर्दछ ।

अनलिमिटेड स्पेस, अनलिमिटेड सुविधा: ५१२ जीबीसम्म बढाउन सकिने

यसमा ६४ जीबी इन्टरनल भण्डारण रहेको छ जसलाई ५१२ जीबीसम्म बढाउन पनि सकिन्छ । यसबाट तपाइँले आफ्ना पुराना यादहरुलाई विना चिन्ता सदैव सुरक्षित रुपमा भण्डारण गर्न सक्नुहुने छ ।

यसका साथै थप सुविधा एवं सहजताको प्रदान गर्न सामसङको सिग्नेचर वान यूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा प्रदान गरी थप सहजता प्रदान गरेको छ ।

ग्यालेक्सी ए२१एस फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट पहिचान सेन्सर पनि उपलब्ध रहेको छ । यस फोनलाई केवल आफ्नो अनुहार अगाडि देखाएपछि यो आफै खुल्दछ, जसले गर्दा तुरून्त एवं सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ .

मूल्य तथा उपलब्धता

ग्यालेक्सी ए२१एस विभिन्न कलरहरु कालो, सेतो तथा निलो मा उपलब्ध रहेको छ । यो फोन सेट जुलाई १५ तारिख, २०२० देखि नेपाल अधिराज्यभरका सामसङ ब्रान्ड स्टोरहरुमा उपलब्ध रहँदै आएको छ ।

यो फोन ४/६४ जीबीमा उपलब्ध रहेको छ । यो फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here